तपार्इको प्रभु को हो

तपार्इंको प्रभु को हुनुहुन्छ ?

ठूलो कैदबाट बच्नु

हामी जिउने संसार फलामको बारबिनाको ठूलो कैद हो । संसारमा भएका सबै मानिसहरू कैदीहरूजस्तै गरी जिइरहेका छन्, जसले मृत्युदण्ड प्राप्त गरेका छन् ।

वास्तवमा परमेश्वरले मानव जातिलार्इ सृष्टि गर्नुभयो, जो सदा जीवित हुनुहुन्छ । तर दुर्भाग्यवश मानव जातिबाट पाप संसारमा प्रवेश गर्र्यो र सबै मानिसहरूमाथि मृत्यु आयो ।

तापनि, प्रेमिलो परमेश्वरले आफ्नो एक मात्र पुत्र येशू ख्रीष्टलार्इ सबै पापीहरूलार्इ मुक्तिमा ल्याउन संसारमा पठाउनुभयो । येशू ख्रीष्ट हाम्रो निम्ति क्रूसमा टाँगिनुभयो र मारिनुभयो । पापरहित हुनुभएको उहाँले सारा मानव जातिको पाप बोक्नुभयो र उहाँ दण्डित हुनुभयो ।

तर तीन दिनपछि येशू ख्रीष्ट मरेकोबाट बौरिउठ्नुभयो र मृत्युलार्इ जित्नुभयो ।

क्रूसमा उहाँको मृत्यु र चिहानबाट पुनरुत्थान एतिहासिक तथ्यहरू हुन् । व्यक्तिगत विश्वास जुनसुकै भए पनि तपार्इंले येशू ख्रीष्टमा विश्वास गर्नुभए वा नभए पनि क्रूसमा उहाँको मृत्यु र पुनरुत्थान इन्कार गर्न नसकिने इतिहासका घटनाहरू हुन् ।

येशू क्रूसमा मर्नुभएपछि अझै पनि चिहानमा नै हुनुहुन्थ्यो भने उहाँ पूर्णरूपमा मानिस र हामीजस्तै कैदी हुनुहुन्थ्यो ।

तर पुनरुत्थानद्वारा येशू ख्रीष्टले यो ठूलो कैदबाट निस्कने बाटो बनाउनुभयो । उहाँले स्वर्ग पुग्ने जीवनको मार्ग बनाउनुभयो, जसलार्इ सबै पापीहरूले यो पापमय संसारबाट अलग भएपछि पनि पछ्याउन सक्छन् ।

त्यसकारण मृत्युलार्इ जित्नुहुने येशू ख्रीष्टको पुनरुत्थानबाट हामीले जीवित आशा पाएका छौं । भविष्यमा हामी मर्नेछौं र हाम्रा शरीर नष्ट भए पनि हाम्रो आत्मा सदाको निम्ति स्वर्गमा जीवित हुनेछ । यो असल समाचार हो । यो सत्य हो ।

त्यसैले येशू तपार्इंको प्रभु र मुक्तिदाता हुनुहुन्छ भनेर स्वीकार गर्नुहोस् र उहाँ तपार्इंको पापको निम्ति मर्नुभयो र मृतकबाट पुनरुत्थान हुनुभयो भनेर विश्वास गर्नुहोस् । तपार्इंको जीवन येशू ख्रीष्टमा समर्पित गर्नुहोस् ।

तपार्इंले अहिले जिइरहेझैं आफ्नो जीवन निरन्तर जिउनुहुँदैन । आफ्ना यी सबै पापहरूको पश्चात्ताप गर्नुहोस्- झुट, लोभ, घमण्ड, डाह, घृणा, निन्दा, यौन अनैतिकता, अल्छीपना, स्वार्थपना, कुलत, पियक्कडपना, दुष्टता, अभिभावकहरूप्रति अनाज्ञाकारीता, मूर्तिपूजा ।

पापहरू पश्चात्ताप गर्ने र येशू ख्रीष्टप्रति नम्र भएर घुँडा टेक्नेहरूलार्इ परमेश्वरले पवित्र आत्मा दिनुहुन्छ ।

अब आफ्नो हृदय खोल्नुहोस् र येशू ख्रीष्टलार्इ तपार्इंको प्रभु र मुक्तिदाताको रूपमा विश्वास गर्नुहोस् । पश्चात्ताप गर्ने र क्रूसमा बगेको उहाँको रगतबाट क्षमा गरिएको व्यक्तिले पूर्णरूपले येशू ख्रीष्टलार्इ पछ्याउनेछ र मुक्ति र अनन्त जीवन प्राप्त गर्नेछ ।

जब अन्तिम दिन आउँछ, परमेश्वरले तपार्इंलार्इ सोध्नुहुनेछः

"तिम्रो प्रभु को हुनुहुन्छ ?"


“तब तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ” (यूहन्‍ना ८:३२) ।

येशू तपार्इंको प्रभु बन्नको निम्ति प्रार्थना

स्वर्गीय पिता, मेरो जीवनको प्रभु म नै थिएँ भन्ने तरिकारले मैले आफ्नो जीवन जिएँ । मेरो जीवन मेरो शर्तमा मैले जिउनुहुन्न भनेर आज मैले थाहा पाएको छु । यो समयमा म आफ्ना सारा पापको पश्चात्ताप गर्छु र येशू ख्रीष्टलार्इ मेरो प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गर्छु ।

आजदेखि म मेरो प्रभुको आज्ञा उल्लङ्घन गर्नेछैन र उहाँलार्इ पूर्ण हृदयले पछ्याउनेछु । स्वर्गीय पिता, कृपया तपार्इंको अनुग्रहकारी पवित्र आत्मा ममाथि पठाउनुहोस् ।

के तपार्इं येशू ख्रीष्टको बारेमा अधिक जान्न चाहनुहुन्छ ?

चाहनुहुन्छ भने विश्वासयोग्य ख्रीष्टियानहरूबाट सहायता खोज्नुहोस् र बाइबल पढ्नुहोस् ।

तपार्इंलार्इ यो पत्र मन परेको छ भने व्यक्तिगत रूपमा वा इमेलद्वारा यसका प्रतिहरू वितरण गर्न सक्नुहुन्छ । वेबसाइटमा धेरै भाषाहरूमा पीडिएफ र फोटोका फाइलहरू अनुवाद गरिएका छन् ।